पत्रकार उपचार कोषमा जापानमा बस्ने शर्माको सहयोग
बिर्तामोड।

पूर्व सञ्चारकर्मी हाल जापानमा बसेर व्यवसायमा क्रियाशील तनुजा शर्माले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि ११ हजार रुपैयाँ प्रदान गरेकी छिन् ।
शनिबार बिर्तामोडस्थित महासंघको कार्यालय पुगेर शर्माले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक प्रदान गरिन् । केही वर्षदेखि जापानमा बस्दै आएकी शर्मा त्यहाँ व्यवसायसंगै विभिन्न संस्थामा रहेर सामाजिक काममा समेत सक्रिय छिन् ।
उनले पत्रकारको सामाजिक सुरक्षा, भौतिक विकास र क्षमता अभिवृद्धिका क्षेत्रमा ममहासंघ झापाले गरेको कामबाट आफू गौरवान्वित भएको बताइन् । पत्रकारको हितका लागि आगामी दिनमा अझ सहयोग गर्ने उनले बताइन् ।
रकम हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंले गरिरहेका कामको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महासंघका कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्य बिनोद पाण्डे, रञ्जित परियार लगायतको सहभागिता थियो ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
