April 30, 2026

झापा ३ का बागी उम्मेदवारलाई एमालेले कारबाही गर्‍यो

0

झापा,

नेकपा एमाले झापाले जिल्ला कमिटी सदस्य डम्बरबहादुर गिरीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।

नेकपा एमाले र राप्रपाले तालमेल गरी चुनावी मैदानमा उत्रिएका बेला हल्दिबारी निवासी गिरीले झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा बागी उम्मेदवारी दिएका छन्। जिल्ला सदस्य गिरीले पार्टी अनुशासन उल्लंघन गरेकाले पार्टीका सबै जिम्मेवारी र साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको एमाले झापा अध्यक्ष दीपक कार्कीले जानकारी दिए।

कार्कीले पार्टीविरोधी गतिविधि गर्ने अर्जुनधाराका हरिकुमार राना र शिवसताक्षीका होमप्रसाद गौतमलाई यसअघि नै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकिएको जनाउँदै पार्टी निर्णयको विरुद्धमा चुनावी गतिविधिमा प्रत्यक्ष परोक्षमा संलग्न जो कोही नेता तथा कार्यकर्ताहरूको पहिचान गरी तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।

एमालेको सहयोगमा झापा नम्बर ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी दिएका छन्। लिङ्देनविरुद्ध गिरीले उम्मेदवारी दिएपछि पार्टीभित्र खैलाबैला मच्चिएको थियो। एमालेसमेत परित्याग नगरी स्वतन्त्र उम्मेदवारी दिएका गिरीले सूर्यमुखी फूल चुनाव चिन्ह पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *