May 1, 2026

‘मिस्टर एण्ड मिस प्रोभिन्स नम्वर १’ को चौथो संस्करणको तयारी मिस्टर एण्ड मिस सुप्रानेशनलसम्म

0

झापा,स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रालि प्रलिले यो वर्ष पनि प्रदेश स्तरीय ‘मिस्टर एण्ड मिस प्रोभिन्स नम्वर १’को चौथो संस्करण गर्ने भएको छ ।
पाँच वर्ष अघिदेखि निरन्तर सौन्दर्य प्रतियोगिता सञ्चालन गर्दै आएको स्काई क्रिएटर्स प्रालि ले यो वर्षपनि त्यसैलाई निरन्तरता दिएको हो । प्रतियोगितामा मिस्टर नेपाल २०१९ , मिस्टर सुप्रानेशनल २०२१ का सेकेण्ड रनरअप डा. सन्तोष उपाध्य र मिस युनिभर्स नेपाल २०२२ कि टपटेन फाइनालिष्ट दिक्षा खातीले तालिमको सहजीकरण गर्ने छन् ।
प्रतियोगितामा सहभागीहरुलाई नेतृत्व विकास, व्यक्तित्व विकास, मोटिभेसन, मास फेसिङ, डाइनिङ एटिक्यूट, आरजे/भीजे, फिटनेस, सेल्फ डिफेन्स, रनवे र अरु विभिन्न विधामा गु्रमिङ गराइने स्काई क्रिएटर्स प्रालिका अध्यक्ष सन्दिप राजवंशीले जानकारी दिए ।
प्रशिक्षणमा प्रदेश भरका १५ वर्षदेखि २७ वर्षसम्मका करिव ३० जना सहभागी रहने र सो कार्यक्रमको कोरियोग्राफी मिस्टर एण्ड मिस ग्यालमर लुक इन्टरनेशनल नेपाल २०१९ कि विजेता स्मृति सुनुवारले गर्ने अध्यक्ष राजवंशीको भनाई छ ।
प्रतियोगितामा विजेताले मिस्टर एण्ड मिस सुप्रानेशनल नेपाल २०२३ र मिस्टर इन्टरनेशनल नेपाल मा टप २५ फाइनालिष्टमा डाइरेक्ट इन्ट्री पाउने बताइएको छ ।
मिस्टर एण्ड मिस सुप्रानेशनल नेपालका विजेताले मिस्टर एण्ड मिस सुपरनेशनल इन्टरनेशनलमा नेपालबाट प्रतिनिधित्व जनाउन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *