कीतिमान कायम गर्दै सनी लियोन
पूर्व पोर्नस्टार सनी लियोन इन्टरनेट संजालमा हरेक दिन नयाा कीर्तिमान बनाइरहेकी छन्। हालै सर्च इन्जिन याहुले जुन लिस्ट सार्वजनिक गरेको थियो, त्यसमा पनि सनी लियोन टपमा थिइन् । लिस्टका अनुसार सनी लियोन सन् २०१४ मा मोस्ट सर्चड सेलिब्रेटी बनेकी छन्।
यसका साथै भारतमा युट्युबमा सनी लियोनलाई सबैभन्दा बढी हेरिएको छ । स्मरणरहोस् सन् २०१४ मा सनी लियोनको हट गीत ‘बेबी डल’ सबैभन्दा बढी हेरिएको छ । बेबी डललाई युट्युबमा ३९,८५०,१२१ पटक हेरिएको छ ।
यो सबका साथै सनी लियोनले एप जगतमा पनि नयाँ कीर्तिमान बनाएकी छन् । सनी लियोनको मोबाइल एपलाई मोस्ट एडमायर्ड एपको उपाधि प्रदान गरिएको छ ।
यो उपाधि ‘थर्ड एसियन सीइएफ अवार्डस’मा दिइएको हो । स्मरणरहोस् सनी लियोन स्वयमले यो उपाधिसम्बन्धी जानकारी आफ्नो फेसबुक पेजमा दिएकी हुन् ।
सनी लियोनले यो अवार्डका लागि आफ्ना फ्यान्सहरुलाई धन्यवाद दिएकी छन् । उनले आफ्नो डिजिटल टिम श्भलनबत्ख्।अयm र वन डिजिटल इन्टरटेनमेन्टलाई पनि धन्यवाद दिएकी छन् । एजेन्सी
