June 14, 2026

पोख्रेलद्वारा पार्टी परित्याग

0

बिर्तामोड , कात्तिक  २७ ।  झापा बिर्तामोड निवासी नेपाली कांग्रेसका पुराना कार्यकर्ता प्रविण पोखरेलले नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पोखरेलले आज प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

945480_604593566244860_2086519744_n

नेपाली कांग्रेसका जन नायक बीपी कोइरालाको विचारलाई लत्याउदै  पार्टी गुट उपगुटमा विभाजित भएको भन्दै आफूले पार्टी परित्याग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।  आफू कांग्रेसको पुरानो कार्यकर्ता भएको जनाउदै पोख्रेलले २०४६ सालको जनआन्दोलनमा आफ्नो सिङ्गो  परिवारले प्रजातन्त्र प्राप्तिका लागि सक्रिय भूमिका निर्वाह गर्दा प्रहरीको हिरासतमा परेको सबैलाई जग जायर भएको समेत उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *