September 30, 2026

धनीपुर्जाको निस्सा वितरण

0

दमक ।

दमक नगरपालिका वडा नम्बर –१० का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जाको निस्सा वितरण शरु गरिएको छ ।

वडा कार्यालयमा आइतवार आयोजित एक कार्यक्रमका बीच दमक नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई र राष्ट्रिय भूमि आयोग झापा अध्यक्ष तिलकसिंह पाण्डेले भूमिहीनहरुलाई धनीपुर्जाको निस्सा वितरण गरेका हुन् ।

दमक वडा नम्बर –१० का वडा अध्यक्ष राजेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले आपूmहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्रथमिकतामा राखेर भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको बताए । निर्वाचन ताका गरेको वाचा अनुसार द्रुत गतिमा काम गर्दा अहिले निस्सा वितरण गरिएको र अब केही दिनमै धनीपुर्जासमेत उपलब्ध गराइने उनले बताए ।

त्यसैगरी नगर उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आपूmहरु लागि परेको बताइन् । भूमि आयोग झापा अध्यक्ष पाण्डेले प्राप्त निवेदनका आधारमा आयोगले छानविन गरेर चाँडै धनीपुर्जा वितरण कार्यमा लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश १ कोषाध्यक्ष गगन पुरीले १० नम्बर वडामा मात्रै किन चाँडै काम भयो अन्य वडामा किन काम अघि बढेको छैन भनी प्रश्न गरेका थिए । त्यसैगरी कांग्रेस नेता सुरेश सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला उपाध्यक्ष बिजय बराल, जनता समाजवादी पार्टी दमकका अध्यक्ष खेम दाहाल, पूर्व वडा अध्यक्ष बोधराज न्यौपाने लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *