September 24, 2026

भूमि समस्या समाधान गर्न छलफल

0

उमानाथ भण्डारी,
चुलाचुली ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति इलाम र चुलाचुली गाउँपालिका बीच भूमि समस्या सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

चुलाचुली गाउँपालिका क्षेत्रमा बसोबास गर्ने भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थि बसोवासीहरूको समस्यालाई समाधान गर्नका लागी प्रारम्भिक चरणको प्रकिया सुरुगर्ने विषयमा अन्तक्रिया भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

चुलाचुली गाउँपालिकाका अध्यक्ष अध्यक्ष राजेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास को बारेमा रास्ट्रिय भूमी आयोग ईलामका अध्यक्ष भक्त केसीले आयोगले तत्काल गरिरहेको कामका विषयमा जनाकारी गराउनु भएको थियो ।

उहाँका अनुसार यस भन्दा अगाडीका आयोगले गरेका कामलाई निरन्तता दिदै नपुग भएको कागजपत्र माग गर्ने काम भै रहेको छ र अहिले सम्ममा एकसय ५० जनाको फाएल हेर्ने काम सकिएको छ । आगामी भदौ १५ गते सम्ममा चुलाचुलीमा बसोवास गर्ने ५० जनालाई नागरिकलाई प्रक्रिया पुरा गरि धनिपुर्जा दिने गरि आयोगले काम गरिरहेको समेत अध्यक्ष केसींले जनाकारी दिनुभयो ।

कार्यक्रममा बिज्ञ सदस्य श्याम खड्गी सदस्य घनश्याम थापा , इन्दिरा ढकाल र नापी अधिकृत धिरेन्द्र प्रसाद देब लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *