June 14, 2026

कर्णालीको नाफा डेढ करोड बढी

0

विर्तामोड,कार्तिक २४ । कर्णाली बचत तथा ऋण सहकारी संस्था विर्तामोडको १४ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको सभापतित्व र जिल्ला सहकारी संघका अध्यक्ष हरिचरण बानियाको प्रमुख आतित्थ्यमा साधारण सभा सम्पन्न भएको हो ।  उक्त  अवसरमा कर्णली बचत तथा ऋण सहकारी संस्थाका संस्थापकहरु, असल ऋणी र उत्कृष्ट बचतकर्ता तथा मेहनती कर्मचारीलाई नगत सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै  २०७०÷०७१ मा सहकारीले डेढ करोड बढी मुनाफा गरेको  जानकारी गराए । कार्यक्रममा डिभिजन सहकारी झापाका प्रतिनिधि डिल्ली दाहाल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी, समिट माईक्रो फाईनान्सका कार्यकारी अधिकृत देवेन्द्र बस्नेत, नेपाल बचत तथा ऋण सहकारीका भवानीप्रसाद दंगाल, शिक्षा बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्ण मिश्र लगायतले मन्तव्य राखेका थिए ।
भुपाल बस्नेतले स्वागत गरेको  कार्यक्रमको संचालन कर्णाली बचत तथा ऋण सहकारीका व्यवस्थापक दिलकुमार राईले गरेका थिए ।
साधारण सभाको बन्दसत्रवाट ५ बर्षे कार्यकालका लागि सर्बसंम्वत पुन श्रेष्ठकै अध्यक्षतामा ११ सदस्य नेतृत्व चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *