October 1, 2026

माओबादीमा पनि मन्त्री फेरीनु पर्छ भन्दै दबाब दिन शुरुः नेता पुन

0

काठमाण्डौ ।

नेकपा (माओबादी केन्द्र) भित्र मन्त्री फेरीनु पर्छभन्दै दवाब भएको छ ।

नेकपा एकीकृत समाजबादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ पुगेर ‘होल्ड’ भएकै बेला माओबादीभित्र पनि मन्त्री फेर्ने फेरीनु पर्छ भन्दै दवाब दिईएको छ ।

सो पार्टीका नेता नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर बदल गरिनु पर्छ भन्ने दबाब शुरु भएको खुलासा गरेका हुन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताए ।

नेकपा (एकीकृत समाजबादी) ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको उनको भनाई छ ।

‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन’, उनले भने, ‘तर, समाजवादीका साथीहरुले पुरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ । काँग्रेसमा पनि दबाब छ । जसपामा दबाब छ ।

यो दबाबलाई नेताहरुले कति थेग्नुहुन्छ थाहा छैन । हाम्रो अझै छलफल सुरु भएको छैन । अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरु उठिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *