October 4, 2026

प्रहरीको सक्रियताका कारण धमाधम पक्राउ पर्दै लागूऔषध कारोवारी

0

झापा, झपाको बिर्तामोड नगरपालिका ५ बाट लागू औषध बिक्रेता र खरिदकर्ता दुबैजनालाई प्रहरी पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले किरात चोकस्थित किराना पसलबाट लागू औषध बिक्रेता वर्ष ४६ का डिजेन राजवंशी र लागू औषध खरिदकर्ता पाँचथरको फिदिमस्थित रानीटारका २२ वर्षीय सुजन गुरुङलाई पक्राउ गरेको हो ।
लागू औषध बिक्री गर्दै गर्दा १६ दशमलव ३४ ग्राम ब्राउनसुगर, एक थान डिजिटल तराजु र नगद २ लाख ८४ हजार ७ सय सहित राजवंशी पक्राउ परेका हुन् । उनीसंगै लागू औषध खरिदर्ता गुरुङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
ठूलो परिमाणको लागू औषध र मोटो रकमसहित पक्राऊ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।पक्राउ परेका उनीहरु बिरुद्ध लागू औषध मुद्धामा जिल्ला अदालत झापाबाट म्याद थप गरी कारवाही अघि बढाउने प्रहरीले जनाएको छ । प्रहरीको सक्रियताका कारण पछिल्लो समय लागू औषाध कारोवारी धमाधम पक्राउ परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *