October 4, 2026

अवैधरुपमा भण्डारण गरेको खाध्यान्न सामग्री बरामद

0

मोरङ ।

मोरङको बिराटनगर महानगरपालिका–११ स्थितबाट अवैध रुपमा भण्डारण गरी राखेको खाध्यान्नका सामग्रीहरु प्रहरीले बरामद गरको छ ।

बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले बिराटनगर–११ मा रहेको शिवम गणपती ट्रेडिङको गोदाममा भन्सार छली चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको बिना बिलको अन्दाजी मुल्य ६ लाख ७१ हजार रुपैया बरावरको मासको दाल १९७ बोरा, पहेलो तोरी ४ बोरा, केराउ ४ बोरा सहित २०५ बोरा खाध्यान्नका सामग्री बरामद गरेको हो ।

बरामद भएका उक्त सामग्रीहरु आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *