September 24, 2026

झापामा भएको सवारी दुर्घटनामा प्रहरी जवानसहित दुई जनाको मृत्यु

0

उमानाथ भण्डारी,
कमल ।

पूर्व–पश्चिम राजमाग अन्तरगत झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा एक प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका १ धरमपुरमा बुधवार विहान भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का ३० वर्षीय प्रकाश राईको घटना स्थलमै मृत्यु भएको हो दुर्घटनामा षडानन्द नगरपालिका–८ भोजपुरका २५ वर्षीय पिचोहाङ्ग राईको पनि मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिम जादै गरेको प्रदेश– १ –०२—०४० प — ७१४९ को पल्सर मोटसाईकललाई पश्चिमबाट पूर्व आँउदै गरेको को १ ख ७१८५ नम्वरको बसले टक्कर दिँदा मोटरसाईकल यात्री दुबै जनाकोे घटना स्थालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा दिएर कार्यालयले अनुसन्धान शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटना तिब्र गतिका कारण भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *