September 30, 2026

कालीखोलाकी कुमारी १२ दिन देखि बेपत्ता, खोजी गरिदिन छोराको अग्रह

0

विमल दहाल, माई ।

बिर्तामोड जान्छु भनेर हिडेकी इलाम माई नगरपालिका वडा नम्बर ५ कालिखोलाकी ३८ बर्षिय कुमारी कामी विगत १२ दिनदेखि बेपत्ता भएकी छिन।

घरायसी किनमेल गर्नुछ भन्दै घरबाट गत बैशाख-२८ गते निस्किएकी उनी हाल सम्म बेपत्ता रहेको भन्दै छोरा अर्जुन गदाईलीले एक अपिल मार्फत आमाको खोजी गरिदिन आग्रह गरेका छन्। अर्जुनले आमाको खोजी गरिदिन प्रहरी, स्थानीय सरकार, मानवअधिकार, नागरिक समाज, पत्रकार लगायत सरोकारवालामा अपिल गरेका हुन्।

उनले आमा जहाँ जुन अवस्थामा रहेपनि सम्पर्कमा आईदिन आग्रह समेत गरेका छन् । बेपत्ता भएकी कामीका एक छोरा र चार छोरीकी रहेका छन् भने श्रीमान बैदेशिक रोजगारका शिलशिलामा हाल दुवईमा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *