October 3, 2026

स्वरोजगार भवानी बचत तथा ऋण सहकारीले १५ औं स्थापना दिवस मनायो

0

बिर्तामोड ।

झापाको बिर्तामोड– ५ मा रहेको स्वरोजगार भवानी बचत तथा ऋण सहकारीले वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेको छ ।

संस्थाको १५ औं स्थापना दिवसको अवसर पारेर बिर्तामोड–४ मा रहेको परोपकार सेवा तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रममा १० हजार मूल्य बराबरको खाद्य सामग्री वितरण गरिएको स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका सचिव मनोजकुमार भट्टराईले जानकारी दिए ।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव बस्नेतसहित सञ्चालक समितिका प्रतिनिधि तथा कर्मचारीहरुले वृद्धाश्रममा पुगेर सहयोग गर्दै संस्थाको स्थापना दिवस मनाइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *