October 1, 2026

दलाईलामालाई भेट् पछि अमेरिकी उपमन्त्री जिया शुक्रबार नेपाल आउँदै

0

काठमाण्डौं ।

अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया आगामी शुक्रबार नेपाल भ्रमणमा आउने भएकी छन् ।

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवं धर्मशालामा तिब्बती धर्मगुरू दलाई लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् ।

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उनको नेपाल भ्रमण पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयले आधिकारिक रुपमा जानकारी नदिए पनि उप मन्त्री जियाले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

उपमन्त्री जिया मे २० देखि २२ अर्थात् जेठ ६ देखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण रहने छन् । उप मन्त्री जियाको यो भ्रमण पछिल्लो एक दशमा हुन लागेको अमेरिकी अधिकारीहरुको उच्च भ्रमण हो । उपमन्त्री जियासँगै भ्रमणको प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्रालयका अनुसार उपमन्त्री जिया नेतृत्वको टोली भारत भ्रमणका लागि निस्किसकेको छ । टोलीले मे १७ अर्थात् आजदेखि मे २० सम्म भारतको भ्रमण गर्नेछ । त्यसपछि उक्त टोली नेपाल आउन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *