September 28, 2026

बिर्तामोड–३ मा एमालेका मदन बुढाथोकी विजयी

0

बिर्तामोड ।

झापाको बिर्तामोड–३ मा नेकपा एमालेको प्यान नै विजयी भएको छ ।

एमालेका उम्मेद्वार मदन बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसले २०४८ सालदेखि आफ्नो पकडमा राखेको बिर्तामोड–३ यसपटक नेकपा एमालेले खोसिदिएको छ ।वडामा कांग्रेस नेता भोजराज सिटौला निरन्तर वडाध्यक्ष रहँदै आएका थिए ।

एमालेका तर्फबाट युवा नेता बुढाथोकी अध्यक्षमा भारी मतका साथ निर्वाचित भएका छन् । भद्र र शालिन स्वभावका बुढाथोकीलाई मतदाताले कांग्रेसका उमेद्वार प्रेम उप्रेती भन्दा दोब्बर बढी मत दिएर जिताएका हुन् । बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा उप्रेतीले भने ११४१ मतमा चित्त बुझाउनु परेको छ ।

कांग्रेसको प्रभाव क्षेत्रमा एमालेले पकड जमाइरहँदा वडा सदस्यमा धनसरी राजवंशी, लक्ष्मी रोक्का, भागीमान लिम्बू र हरिप्रसाद बाँस्कोटा बिजयी भएका छन् ।

यसैबीच नवनिर्वाचित अध्यक्ष बुढाथोकीले सबै मिलेर मात्रै वडाको विकास सम्भव भएको भन्दै सबै मतदाताको मतको सम्मान गर्दै अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *