April 30, 2026

आज उम्मेदवारको नामावली प्रकाशन गर्दै आयोग

0

काठमाडौं,

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ।

वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए।

भोलि साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै भोलि नै प्रकाशन हुनेछ। आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *