समिट वैंकका कर्मचारी सुतेकै स्थानमा मृत फेला
माई, इलाम ।

समिट लघुवित्त वैंक माई इलामका कर्मचारी मंगलवार सुतेकै स्थानमा मृत फेला परेका छन ।
उदयपुरकाे वेलका नगरपालिका घर भएका अन्दाजी ३२ वर्षिय बिनेश राई डेरामै मृत फेला पेरेका हुन ।
विहान अवेर सम्म कार्यालय नआएपछी कार्यालयले खाेजी गर्दा सुतेकै काेठामा उनि मृत भेटिएका थिए । आफन्त आएपछि उनलाई पाेष्टमार्टमका लागि पठाईने प्रहरीले जनाएकाे छ ।
