June 14, 2026

चेतनारायण – बसुन्धरा भुसाल सम्मान पुरस्कार वितरण

0

purwanchal

काठमाण्डौ,भदौ २४ । चेतनारायण बसुन्धरा भुसाल सम्मान पुरस्कार गुठीको चेतनारायण – बसुन्धरा सम्मान पुरस्कार बरिष्ठ सँगीतज्ञ गोपाल नाथ योगी र बरिष्ठ कलाकार भिम बहादुर थापालाई प्रदान गरिएको छ ।
सम्मान तथा पुरस्कारमा नगद रु.२५,५०१ (पच्चिस हजार पाँचसय एक) सहित ताम्र पत्र बि.सं. २०५८ साल देखि प्रदान गरिएको छ । यसै गरी गुठीको सँयोजनमा प्रदान हुँदै आएको न्यूयोर्क कला मञ्चको सम्मान पुरस्कार समेत गुठी कै आयोजनामा सम्पन्न भएकोे समारोहमा प्रदान गरिएको छ । न्यूयोर्क कला मञ्चको सम्मान पुरस्कार बरिष्ठ नृत्य निर्देशक बसन्त जँग रायमाझी र बरिष्ठ लोक गायिका तथा सँकलक चन्द्रकला शाहलाई प्रदान गरिएको छ । न्युयोर्क कला मञ्चले ई.सं.२००२ देखि यो सम्मान प्रदान गर्दै आएको छ । जनही नगद नगद रु. २५,५०१ (पच्चिस हजार पाँचसय एक) र ताम्र पत्र प्रदान गरिने यो सम्मान पुरस्कार समेत गुठीले नेपाल प्रज्ञा प्रतिष्ठानमा यही भाद्र २० गते शुक्रवार अपरान्हे आयोजित समारोहमा प्रदान गरिएको हो । न्युयोर्क कला मञ्चका अध्यक्ष राम राज क्षेत्रीको सभापतित्वमा गुठीका महासचिव मोहन निरौलाले सञ्चालन गर्नु भएको कार्यक्रममा बरिष्ठ तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । समारोहमा मदनकृष्ण श्रेष्ठ,हरीबंश आचार्य,राजेश हमाल,करिश्मा मानन्धर,गौरी मल्ल,मिथिला शर्मा,धिरेन शाक्य,प्रकाश अधिकारी,पुरन जोशी,मदनदास श्रेष्ठ,हरिहर शर्मा,शकुन्तला शर्मा,लक्ष्मी गिरी,प्रभाकर शर्मा,राजाराम पौडेल,दिपक श्रेष्ठ,दिनेश डी.सी.,दिपकराज गिरी,दीपाश्री निरौला,रवि डँगोल, कुञ्जना घिमिरे(सुन्तु),शुष्मा कार्की आदि लगायत चर्चित चलचित्रकर्मिहरुको सहभागितामा सम्पन्न समारोहमा प्रमुख अतिथिहरु यादव खरेल र चेतन कार्कीलाई गुठीकी सँस्थापक अध्यक्ष बसुन्धरा भुसालले मायाको चिनो प्रदान गर्नु भएको थिया।े समारोहमा न्युयोर्क कला मञ्चका सँस्थापक अध्यक्ष रामराज क्षेत्रीद्वारा रचित कथा
सँग्रह कल्पबृक्षको बिमोचन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *