June 14, 2026

पृथ्वीको दोस्रो साधारण सभा

0

 

सुरुङ्गा, भाद्र २१ । पृथ्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाको वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सुरुङ्गा जेसिजको सभाहलमा आयोजित कार्यक्रमका बीच २ जनालाई सम्मान समेत गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता शान्तिप्रसाद शर्मा (नेपाल) र जिया महाशेठ रहेका छन् । डिभिजन सहकारी संथाका अध्यक्ष नेत्रप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष कुमारमणी पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । भगवती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिलचन्द्र उप्रेतीको विशेष आतिथ्य रहेको कार्यक्रममा कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरिया, झापा उद्योग वाणिज्य संघ शाखा सुरुङ्गाका अध्यक्ष युवराज संग्रौला, कनकाई नगरपालिका कर्मचारी तेजु आचार्य, कनकाई सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रुद्रप्रसाद चिमरिया, कनकाई वचत तथा ऋण सकहारी संस्थाका अध्यक्ष लक्ष्मी उप्रेती लगायतले मन्तव्य रहेको संस्थाका व्यवस्थापक विकास भण्डारीले बताए ।

सुरुङ्गा जेसिजका निवर्तमान अध्यक्ष जनक कार्की, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गंगाप्रसाद ढुङ्गेल, कनकाई उच्च मावि सुरुङ्गाका प्राचार्य ईश्वरीप्रसाद शिवाकोटी, भृकुटी उच्च माविका प्राचार्य मेदनीप्रसाद पाठक, देवी अधिकारी लगायतको आतिथ्य रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष एल.पि. उप्रेतीको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव शीव कँडेलले गरेका थिए ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *