June 14, 2026

कोचप्रदेश प्राप्तिमा लागि निर्णयक आन्दोलनमा जोड

0

भद्रपुर, भदौ १९ । कोच प्रदेpurwanchalश प्राप्तिका लागि निर्णायक आन्दोलनको आवश्यकतामा कोच आदिवासी जातिहरुले जोड दिएका छन ।
कोचिला गाभुर फ्रन्टद्धारा आज भद्रपुरमा आयोजित ‘पहिचान सहितको कोच प्रदेश निर्माणका’ लागि सामूहिक अन्र्तक्रिया कार्यक्रममा सहभागी कोच जातिका प्रमुखहरुले त्यस्तो जोड दिएका हुन् । उनीहरुले आफ्नो अस्तित्व र पहिचान जोगाउनका लागि गर वा मरको आन्दोलन गर्नुपर्ने बेला आएको बताउदै कोचहरुले मत खेर फालिसकेकाले सडक आन्दोलननै अन्तिम विकल्प भएको धारणा राखेका थिए ।
त्यसका लागि सक्षम नेत्तृवदायी भूमिका र राजनितिक कार्यगत एकता चाहिएको उनिहरुको भनाई थियो । राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फुलसिंह राजवंशीको प्रमुख आतिथ्य एव्म गाभुर फ्रन्टका अध्यक्ष भरत राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा तमलोपाका केन्द्रिय सदस्य त्रि नारायण राजवंशी, सद्भावनाका जिल्ला अध्यक्ष  सूर्यनारायण गणेश, तराई मूल माझी कल्याण परिषद्का धर्मराज माझी, राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशी, भमिपुत्र जागरण मञ्चका पर्शूराम राजवंशी लगायतले बालेका थिए ।
यसैबीच सो भेलाले तराईका सबै जातजातिलाई समेटेर कोच राज्यका लागि संर्घष गर्न त्रि नारायण राजवंशीको संयोजकत्वमा साझा संर्घष निर्माण समिति गठन गरिएको छ । जस्को सदस्यमा सुर्य नारायण गणेश, धर्मराज माझी, सन्तोष राजवंशी, आशिनलाल राजवंशी र सुकमति राजवंशी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *