June 14, 2026

सुरुङ्गा, भाद्र १९ । ज्ञानज्योति युवा क्लव सुरुङ्गाको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३ महिला सहित ७१ जनाले रक्तदान गरेका छन् । झापा, मोरङ्ग लगायतका पूर्वी जिल्लाहरुमा रगतको अभाव हुँदै गएकाले रक्तदान जीवन दान भन्ने नारा अनुरुप सो कार्यक्रम आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष सुनिल भेटवालले बताए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा मुख्य सहयोगी संस्था नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गा सभापति श्यामकुमार पौडेलले कन्यादान, शरिरदान, आँखादान, गौदान जस्तै रक्तदान पनि अति पुण्यकार्य भएकाले अरुको जीवन बचाउन सबै स्वस्थ्य व्यक्तिले रक्तदान गर्न अपिल गरे । भगवती बचत तथा ऋण सहकारी संस्था लि. सुरुङ्गाका अध्यक्ष तिलचन्द्र उप्रेतीको प्रमुख आतिथ्य र क्लवका अध्यक्ष ज्योति उप्रेतीको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा सुरुङ्गा जेसिज, सुरुङ्गा सहकार्य युवा क्वल र न्यू रेलिमाई युवा क्लव तुलसीवारीको विशेष सहयोग रहेको थियो । उक्त कार्यक्रममा दुर्गापुर निवासी रमेश श्रेष्ठले ५६ औ. पटक रक्तदान गरेको क्लबकी सदस्य निर्मला भट्टराईले जानकारी दिइन् । कनकाई आर्यघाट संस्थाका अध्यक्ष प्रभाखर कडरिया, शरणामती रेडक्रस सभापति टीकाप्रसाद कट्टेल, सुरुङ्गा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहाल, सुरुङ्गा जेसिजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, कनकाई नगरपालिका प्रतिनिधि तेजबहादुर आचार्य, न्यू रेलिमाई युवा क्लवका अध्यक्ष रमेश दाहाल, सुरुङ्गा सहकार्य युवा क्लवका अध्यक्ष राजकुमार कट्टेल लगायतको आतिथ्य रहेको कार्यक्रममा सुरुङ्गा जेसिजका अध्यक्ष शिवकुमार कँडेल, पृथ्वी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमारमणि पोखरेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव निराजन अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *