September 27, 2026

उर्लाबारीको बेतिनी सामूदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भीमबहादुर

0

पथरीशनिश्चरे,

मोरङको उर्लाबारी–२ स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा भीमबहादुर राई निर्वाचित भएका छन् ।

१९ औ चुनाबी साधरण सभाबाट उपाध्यक्षमा श्याम ढकाल बिजयी भएका छन् भने सह सचिब मित्र प्रसाद आचार्य बिजयी भएका हुन्। कोषाध्यक्ष पदमा अर्जुन बास्तोला बिजयी भएका छन् भने लेखा संयोजक देवमणि बिजयी भएका छन् ।

समूहको महिला उपाध्यक्ष, सचिव र सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । कुल मतदाता १२ सय ९५ मध्यें ११ सय ४० जनाले भोट हालेका थिए । यसैबीच , राष्ट्रिय समाचारपत्र दैनिक सम्पादक केशरबहादुर चौहा (केदार) लाई वन क्षेत्रभित्र रहेको सिमसारको विषयमा समाचार प्रकाशित गरेका थिए।

लगभग २०६० सालदेखि वेतिनी सिमसारको विषयमा मिडिया कवरेज सुरु गरेको तथा लोपोन्मुख पशुपंक्षी र महत्वपूर्ण वनस्पतिको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन तथा सिमसारको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै मोरङकै उर्लाबारीलाई कार्यक्षेत्र बनाई सक्रिय रुपमा बिगत लामो समयदेखि पत्रकारिता गरि रहनु भएका अग्रज पत्रकार केशरबहादुर चौहान(केदार) एक समारोहको आयोजना गरि सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *