September 21, 2026

निर्वाचनबारे बालुवाटारमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

0

काठमाडौं ।

आउँदो निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार बिहान छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच संघीय तथा स्थानीय चुनाव गर्नेबारे बिहान एक घण्टाजति छलफल भएको हो ।

निर्वाचन आयोगले आगामी वैशाख २२ गते स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्न दलहरूलाई दबाब दिइरहेका बेला सत्ता गठबन्धनका तीन नेताबीच छलफल भएको हो । छलफलमा नेताहरूबीच निर्वाचनका विषयमा के कुरा भयो, जानकारी आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *