September 23, 2026

काङ्ग्रेसको जिल्ला समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यको सपथ सोमबार

0

विर्तामोड।

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत झापाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्यको पद हस्तान्तरण कार्यक्रम आगामी सोमबार गरिने भएको छ ।

गत मंसीर ९ देखि १३ मा सप्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारी, सदस्यलाइ जिल्ला पार्टी कार्यालय झापामा आयोजना गरिने कार्यक्रमका बीच पद तथा गोपनियताको शपथसहित पद हस्तान्तरण गराइने भएको हो ।

कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं पूर्ब सांसद डिल्ली सिटौलाको प्रमुख आतिथ्य रहने नवनिर्वाचित सचिब कृष्ण हुमागाइले जानकारी दिनुभयो । नेपाली काङ्ग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले नव निर्वाचित सभापती देउमान थेबेलाइ पद हस्तान्तरण गर्ने एवं निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र बितरण गर्ने कार्यक्रम रहेको नव निर्वाचित सचिब नवीन बिमलीले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेस झापाको अधिबेशनबाट सभापतिमा देउकुमार थेबे, उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे, सचिबमा कृष्ण हुमागाइँ र नवीन बिमली, सहसचिवमा कालेन्द्र राजबसी र कमलप्रसाद भण्डारी निर्वाचित भएका छ्न ।

यसैगरी पालिकातर्फको सदस्यहरुमा गीता खतिवडा ढुङ्गाना, तारादेबी कार्की, बिमला मिश्र, सरस्वती सिटौला, मन्जु भण्डारी खनाल, पुस्पाकुमारी भट्टराई, अनिताकुमारी के सी, पार्बत गिरी, धनमाया बस्नेत, सरस्वती सेढाई, सिताकुमारी रिजाल ओली, कृष्णमाया खड्का, साबित्रा कटुवाल, हेमा आचार्य, कुमारी थापा शिवाकोटी, लीला ढकाल, लेखराज सुवेदी, राजकुमार गौतम, राजु तामाङ, बाबुराम बुढाथोकी, एलबहादुर गिरी, गङाप्रसाद संग्रौला, रमेशकुमार दाहाल, बोधकृष्ण सुवेदी, रमेशकुमार पोखरेल, दुर्गाप्रसाद सिटौला, ठाकुर उप्रेती (सन्तोष), ध्रुबप्रसाद सुवेदी, रबिनचन्द्र राई (वचन) , अमृतबहादुर कार्की, लीलाप्रसाद चिमरिया, खगेन्द्रप्रसाद प्रसाईं, रुद्रमणी दाहाल, ईश्रकुमार खत्री, चिरञ्जीवी दाहाल, दिपक गड्तौला, दिलिपकुमार लिम्बू, लगायत रहनुभएको छ ।

यसैगरी खस आर्यमहिलातर्फ शाबित्रादेबी लुइँटेल, देबी निरौला बस्नेत, झुमा आचार्य बेडारी, जानुका आचार्य, गिता ओडारी खरेल, खस आर्य खुल्लातर्फ भोलानाथ बराल, पिताम्बर दाहाल, डम्बर बन, रबिन्द्र ढुङ्गाना, निराजन दाहाल रहेका छ्न ।

यसैगरी आदिवासी जनजाती महिलातर्फ दीलकुमारी सुब्बा, रिता पालुङवा, तिलरुपा श्रेष्ठ, मधुरा श्रेष्ठ, ललितबहादुर तामाङ, तारा राई, आदिवासी जनजाती खुल्लातर्फ भक्त खवास, याम भुजेल, शेरबहादुर श्रेष्ठ, सुर्य गुरुङ र पुर्णमान श्रेष्ठ रहनुभएको छ ।

यसैगरी मधेसी खुल्लातर्फ महेशकुमार झा, दलित महिलातर्फ पम्फादेबी बि क, थारु खुल्लामा पुस्पलाल चौधरी, मुस्लिम खुल्लामा एम. डी सर्फराज शेख, अल्पसंख्यक र अपांगतातर्फ सुकदेबप्रसाद ताजपुरिया निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *