September 20, 2026

सवारीको ठक्करबाट मृत्यु, सडकमा टायर बालेर प्रर्दशन

0

विनोद सापकोटा
झापा, पूर्व –पश्चिम राजमार्गस्थित माइधारमा टिपरको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् ।
सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको थियो । टिपरले ठक्कर दिँदा उक्त गाडी उछिट्टिएर कनकाई नहरभित्र पसेको थियो।
प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको थियो।
माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *