September 20, 2026

जन्मोत्सवमा पत्रकार उपचार कोषमा मनिषाको सहयोग

0

बिर्तामोड ।

नेपाल पत्रकार महासंघ झापा शाखाकी कार्यसमिति सदस्य मनिषा चम्लागाईँले आफ्नो जन्मोत्सवको अवसर पारेर पत्रकार सहारा उपचार कोषलाई सात हजार सात सय ७७ रुपैयाँ प्रदान गरेकी छन् ।

जमोत्सवको अवसरमा आइतबार भएको कार्यक्रममा महासंघका उपाध्यक्ष केशव भट्टराईले पत्रकार उपचार कोषमा सहयोग गरेको भन्दै कार्यसमिति सदस्य चम्लागाईँलाई धन्यवाद दिए । चम्लागाईँ कारोबार दैनिकमा आवद्ध रहेकी छन् । जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताइन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीका अनुसार कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने पत्रकार चम्लागाईँले बताइन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । जन्मोत्सव कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघ झापाकी महिला उपाध्यक्ष सुशिला संग्रौला, कोषाध्यक्ष रञ्जित प्रसाई, सह–सचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य रञ्जित परियार, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *