लागूऔषध सहित एक जना पक्राउ
मोरङ।

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
