September 24, 2026

दमकमा १७ जना जुवाडे पक्राउ, चार लाखबढी नगद बरामद

0

झापा ।

प्रहरीले झापाको दमकबाट १७ जना जुवाडेलाई पक्राउ परेको छ । दमक नगरपालिका १ मा कौडा खालमा प्रहरीले छापा मार्दा १७ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति करिब साढे ११ बजे कौडा खालमा इलाका प्रहरी कार्यालय दमकको टोलीले छापा मारेको थियो।

दमक १ का हिमाल देवानको घरमा छापा मार्दा १७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाकारी दिए।

पक्राउ पर्नेहरूमा झापा भद्रपुर–७ का युवराज न्यौपाने, भद्रपुर–९ का दिलबहादुर राई, बिर्तामोड–१ बस्ने तिर्थ अधिकारी, भद्रपुर–१० बस्ने ठाकुरप्रसाद निरौला, गौरादह– ५ बस्ने हरि कोइराला, कमल–४ बस्ने सुबिन्द्र सुब्बा, कन्काई –३ बस्ने मोहन बराल र सुनिल साह, मोरङ ग्रामथान– ४ बस्ने लक्ष्मीप्रसाद अधिकारी, सोही गाउँपालिका ५ बस्ने वर्ष ४२ को नैनकुमार चौधरी, सोही गाउँपालिका ६ बस्ने रुपेश तामाङ, पथरी शनिश्चरे –४ बस्ने बलराम बस्नेत, सोही नगरपालिका १ बस्ने गंगाराम मगर, बेलबारी–११ बस्ने निशान पोखरेल, दमक नगरपालिका–७ वस्ने कर्ण राई र राजन दाहाल र दमक ३ बस्ने विनोद थेबे रहेका छन्।

उनीहरूको साथबाट १६ थान कौडा र ४ लाख २७ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *