September 24, 2026

राष्ट्रिय जनगणनाबारे जनप्रतिनिधिसंग छलफल

0

पथरीशनिश्चरे,

१२ औं राष्ट्रिय जनगणना २०७८ का बारेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरुमा अन्तरक्रियात्मक छलफल गरिएको छ ।

सोमबार नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा नगरपालिकाद्वारा आयोजित छलफलमा भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरुले सञ्चालन गरेको पहिलो चरणको पारिवारिक विवरण संकलन कार्य सम्बन्धि जानकारी गराइएको छ ।

नगरको स्थानीय जनगणना अधिकारी सविना राईले नगरका १० वटा वडामा राष्ट्रिय जनगणना कार्यालय मोरङले नियुक्त गरेका १८ जना सुपरिवेक्षकहरुले पारिवारिक विवरण संकलन कार्य भइरहेको बताउनु भएको छ ।

आगामी १८ सम्ममा सुपरिवेक्षकहरुबाट पारिवारिक विवरण संकलन गरिसकेपछि दोस्रो चरणमा खटिने गणकहरुले सम्पूर्ण विवरण लिएर गणनाको प्रक्रिया पुरा गर्ने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *