September 23, 2026

राष्ट्रपतिद्वारा ५२३ कैदीबन्दीलाई माफी

0

काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर भण्डारीसमेतका आठ जनाको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी गर्नुभएको हो । त्यस्तै हर्कबहादुर राईसमेत ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतले २०७७ साउन १९ गते गरेको फैसलालगायतका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुको कैद मिनाहा गरी माफी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *