September 23, 2026

प्याब्सन बाह्रदशीको अध्यक्षमा खरेल

0

बिर्तामोड, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्वसन) बाह्रदशीको अध्यक्षमा मनोज खरेल चयन हुनु भएको छ ।
बिर्तामोडमा आज सम्पन्न दोस्रो अधिवेशनबाट दिव्यज्योति मााध्यमिमकक विद्यालयका संस्थापक समेत रहनु भएका खरेल चयन हुनुभएको हो ।
समितिको सचिवमा निमेष ढुङ्गेल, कोषाध्यक्षमा स्मिता राजवंशी, र सदस्यमा दामोदर मिश्र र लाबन्य कुमार खनाल रहनु भएको छ ।
बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेलको प्रमुख आथित्यमा भएको अधिवेशनमा प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेती, वरिष्ठ उपाध्यक्ष गौरीमान फागो, कोषाध्यक्ष छत्र कार्की, बाह्रदशी गाउँपालिका शिक्षा समिति सदस्य तथा गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवाल, प्याव्सनका सल्लाहकार अमृत बहादुर बुढाथोकी लगायतले बोल्नु भएको थियो ।


प्याव्सन बाह्रदशीका अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ज्ञानज्योति माध्यमिक विद्यालय बाह्रदशीका संस्थापक सीताराम वरालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *