September 23, 2026

प्रदेश नं १ को अधिवेशन आह्वान

0

विराटनगर,

प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि सुरु हुने भएको छ ।

संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गर्नुभएको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम(१) बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *