पथरी उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि मिश्रित परिणाम आउने संकेत
पथरिशनिश्चरे,

पथरी उद्योग बाणिज्य संघको आगामी कार्यकालका लागि सम्पन्न निर्वाचनको पछिल्लो मत गणना जारी रहँदा मिश्रित परिणाम आउने सम्भावना देखिएको छ । उक्त निर्वाचनमा खसेको जम्मा १४ सय ५८ मध्यें ८०० मतपत्र गणना भैरहुँदा उक्त नतिजा आउने संकेत देखिएको हो ।
मंगलबार साँझ पख ८:३०बजेसम्ममा ८०० मतपत्र गणना हुँदा ४ दलीय संयूक्त गठबन्धनका अध्यक्ष पदका उम्मेदवार धनकुमार तामाङले सामान्य अन्तरले अग्रता लिईरहेका छन् ।
पछिल्लो मतगणना अनुसार संयुक्त गठबन्धनको अध्यक्ष पदका उम्मेदवार धनकुमार तामाङले ४ सय २ मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनका निकटतम प्रत्यासी दिपक बस्नेतले ३ सय ७७मत पाउनुभएको हो ।
यसैगरी, संस्थापन पक्षका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार यादवचन्द्र दुलालले ४२० मत पाएका छन् भने गठबन्धनको साझा प्यानलका उम्मेदवार ओमप्रसाद राईले ३१० मत प्राप्त गरेका हुन् ।
त्यसैगरी, उपाध्यक्ष पदका लागि सस्थापनकी उम्मेदवार आशा राईले ४२२ मत ल्याई रहँदा संयुक्त गठबन्धनका रविन्द्र कुमार राईले ३१९ मत पाएकाे निर्वाचन समितिले सूचना सार्वजनिक गरेको छ ।
संघको १ सदस्यीय महासचिव पदकालागि उम्मेदवारी दिएका गठबन्धनका राजेन्द्र बस्नेतले ४१० मत प्राप्त गरेका छन् भने संस्थापन समूहका उम्मेदवार अशोक कुमार राईले ३२४ मत पाउनुभएको छ । संघको वाणिज्य सचिव-(१ पद)का लागि उम्मेदवारी दिएका संस्थापन पक्षका उम्मेदवार ईश्वरी सापकोटाले ३०९ मत , संयुक्त गठबन्धनका खेमनाथ ढुंगेलले २४० र
स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले १५६ मत प्राप्त गरेका हुन् ।
उद्योग सचिव (१ का लागि ) गठबन्धनका प्रेम प्रसाद सूवेदीले ३४५ मत पाएका छन् भने संस्थापन पक्षका उम्मेदवार मान बहादुर श्रेष्ठले ३६८ मत प्राप्त गरेका छन्। त्यस्तै, कोषाध्यक्ष -१ पदका लागि गठबन्धनका तर्फबाट उम्मेदवार विजयजंग बस्नेतले ४०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संस्थापनका उद्धवराज बस्नेतले ३१० मत पाएका हुन् ।
महिला सदस्य-२ का लागि भएको निर्वाचनमा गठबन्धनको उम्मेदवारदय देवी राई र मिया राईले क्रमशः ४७३ र २८१ मत पाएर अग्रता लिएका छन् भने संस्थापन पक्षका उम्मेदवारहरू जुनी थपलिया (२७४) र मुना पाण्डेले २३१ मत प्राप्त गरेका छन् । यसैगरी, खुल्ला सदस्य-४ जनाका लागि भएको निर्वाचनमा गठबन्धन अगाडि बढीरहेको छ भने लेखा संयोजक -१ र लेखा सदस्य-२ जनाका लागि पनि गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।
कूल १७ सय २० जना मतदाता रहेको सो संघको हिजो सम्पन्न भएको निर्वाचनमा १४ सय ५८ मत खसेको थियो । जारी मतगणनाको नतिजा आज राति अबेरसम्ममा प्रकाशित गरिने संकेत निर्वाचन समितिले दिएको छ ।
