September 25, 2026

गोपीको उद्धार, बिर्ता सिटीमा उपचार

0

विनोद सापकोटा/नरेन्द्र ढकाल,
झापा ।

झापाको अर्जुनधाराका एक युवा उपचारको अभावमा जीउँदो मान्छे कुहिएर बाँचिरहेको समाचार पूर्वाञ्चल दैनिकमा प्रकाशित भए लगत्तै उनको उद्धार भएको छ ।

अर्जुनधारा नगरपालिका–६ लक्ष्मीपुरका २८ वर्षीय युवा गोपी बस्नेतको रकम अभावका कारण उपचार हुन नसक्दा शरीरका विभिन्न भाग कुहिन थालेको थियो । पूर्ण–टुब्ग बिर्ता सिटी हस्पिटल बिर्तामोडका
अध्यक्ष गोपालकुमार बस्नेतले उक्त समाचार पढे लगत्तै हस्पिटलका प्रशासन प्रमुख विनोद बस्नेत र जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतलाई उनको तत्काल उद्धार गर्न निर्देशन दिए ।

बस्नेतको निर्देशन लगत्तै जनसम्पर्क अधिकारी बस्नेत एम्बुलेन्स लिएर पूर्वाञ्चल दैनिकको कार्यालयमा आएका थिए । बिर्तामोडबाट पूर्वाञ्चलकर्मीसहित टोली गोपीको उद्धारका लागि उनी बसेको स्थानमा पुग्दा स्थानीयको निकै ठूलो भीड देखिएको थियो । कतिपय स्थानीयले भने– पत्रकारकै कारण गोपीले पुनर्जीवन पाउने भए ।

उनको उद्धारभएसँंगै बिर्ता सिटी हस्पिटलमा उपचार शुरु भएको छ । हस्पिटलले उनको सम्पूर्ण उपचार निःशुल्क गर्नुका साथै पूर्ण रुपमा ठीक भएपछि रोजगारीको ब्यवस्थासमेत गर्ने बताइएको छ । गोपीको उपचारमा डाक्टर विजय केसी, नारायण ताजपुरिया र सञ्जीव चौधरीको टोली खटिएको छ ।

चिकित्सकका अनुसार गोपीको दुर्बलता के कारणले भयो भन्नेबारेमा सम्पूर्ण मेडिकल चेकपछि मात्रै थाहा हुने छ । गोपीलाई उपचार सँंग–सँंगै उनको क्षमता अनुसारको रोजगारी पनि अस्पतालले दिने बताइएको छ । सम्पूर्ण कारणले गोपी तन्दुरुत भएपछि उनको योग्यता क्षमता अनुसारको रोजगारी दिने अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतको भनाई उद्धृत गर्दै प्रशासन प्रमुख विनोद बस्नेतले बताए । अस्पताल प्रशासनका अनुसार विरामीका कुरुवा बुबा बलबहादुरको खाना र बस्ने व्यवस्था समेत निःशुल्क गरिने छ ।

२८ वर्षीय छोरा गोपीको रकम अभावका कारण उपचार हुन नसक्दा एक वर्षदेखि गोपी ओच्छ्यान परेका थिए । गोपी यातायात मजदुर हुन् । उनी सार्वजनिक यातायातको यात्रुबाहक बसमा सहचालकको
रुपमा काम गर्थे । घरको आर्थिक व्यवहार उनको आम्दानीले थेग्न नसकेपछि बुवाको सल्लाहमा उनी डेढ वर्ष अघि भारतको बेब्लोरमा रोजगारीका लागि गएका थिए ।

कोरोना महामारीका बेला बेङ्लोरमा भएको लकडाउनले उनको रोजगारी खोसिएपछि ६ महिना उनी बेब्लोरका सडकमा भोकै हुन पुगे । २०१२ सालमा ४ नम्वर भोजपुरबाट बिर्तामोड झरेको बस्नेत परिवार अहिलेसम्म बहालमा बस्दै आएको छ । पहाडबाट मधेस झर्दा बलबहादुर रित्तै हात झरेका थिए । उनले उमेर हुञ्जेल अरुको घरमा भान्से काम गरे ।

यसैबीच स्थानीय विष्णुप्रसाद बञ्जाराले गोपीको उपचारका लागि बिर्ता सिटी अस्पतालले देखाएको उदारता र मानवताको प्रशंसा गरेका छन् ।

https://grand-maroon-salamander.182-93-93-93.cpanel.site/110696/

Leave a Reply

Your email address will not be published. Required fields are marked *