September 21, 2026

बिपन्न न्यौपानेको काजक्रियाका लागि नगरको आर्थिक सहयोग

0

विमल दहाल, माई ।

माई नगरपालिका वडा नम्बर-४ शुक्रबारे बजार निवासी पबित्रा न्यौपानेको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

नगर प्रमुख दिपक कुमार थेवेले न्यौपानेको दशकर्म गर्न सहयोग गर्ने गरि परिवारका सदस्यीयलाई आर्थिक सहयोग गर्नु भएको हो। मेयर थेबेले काजक्रिया गर्दै रहेको स्थानमा पुगि एक श्रद्धाञ्जली कार्यक्रम गर्दै नगद ३० हजार प्रदान गर्नु भएको हो ।

अति विपन्न परिवारका संरक्षक पवित्राको गत आईतवार दम रोगका कारण निधन भएको थियो । उनका श्रीमानको पनि ५ बर्ष अघि निधन भएको थियो । न्यौपाने ‌ परिवारमा ३ जना अशक्त र बाल्य अबस्थाका छोराहरु र विवाह भएर गएका ३ छोरीहरुले अहिले काजक्रिया गरि रहेका छन्। गत बर्ष पनि न्यौपाने बिरामी हुँदा स्थानीय शुक्रबारेबासीले आर्थिक सहयोग गरि उपचार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *