June 18, 2026

प्रस्तावित बाह्रदशी जेसीजद्वारा ट्राफिक सचेतना

0

बाह्रदशी । प्रस्तावित बाह्रदशी जेसीजले शनिबार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

प्रस्तावित बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका वडा नं ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीको प्रमुख आतिथ्यमा ट्राफिक सचेतना कार्यक्रम गरिएको थियो ।

कार्यक्रम संयोजक संजय शाहले धन्यवाद दिएको कार्यक्रमको औचित्यमाथि कार्यकारिणी उपाध्यक्ष टंकबहादुर कार्कीले प्रकाश पारेका थिए । उपाध्यक्ष प्रकाश फुँयालले आश्था वाचन गरेको कार्यक्रममा स्वागत कार्यकारिणी उपाध्यक्ष पुष्पलाल धमला र सञ्चालन महासचिव तीर्थप्रसाद काफ्लेले गरेका थिए ।

कार्यक्रममा पशुपति मा.वि.का प्रधानाध्यापक थिर कुमार दाहाल, ज्ञान ज्योति मा.वि.का प्रधानाध्यापक एवम् नेपाल बार एसोसिएसन झापा पूर्व अध्यक्ष अमृतबहादुर बुढाथोकी, उद्योग वाणिज्य संघ बाह्रदशी शाखाका अध्यक्ष खगेन्द्र कार्की, बाह्रदशी न्यायिक समिति सदस्य प्रेम घिमिरे, इलाका प्रहरी कार्यालय राजगढका इन्चार्ज कुमार ढकालले शुभकामना मन्तव्य राख्दै ट्राफिक सचेतना कार्यक्रम फलदायी भएको धारणा राखेका थिए ।

ट्राफिक प्रहरी पोष्ट लक्ष्मीपुरका इञ्चार्ज चन्द्रकुमार बस्नेतले प्रशिक्षण प्रदान गरेको कार्यक्रम समापनपछि राजगढ बजारमा नियम विपरीत सवारी चलाउने चालकलाई ट्राफिक सचेतना सम्वन्धी शिक्षा दिने काम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *