दुहागढीमा मास्क वितरण
दुहागढी ।

नेपाल मास्क अभियान सफल पार्न झापाको दुहागढीमा मंगलबार मास्क वितरण कार्यक्रम गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखा, युवा रेडक्रस सर्कल र बाल सुबोधिनी माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कल र बाल क्लबको संयुक्त अयोजनामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा दुहागढी बजारमा एकसय ५० वटा मास्क वितरण गरिनुका साथै सही तरिकाले मास्क लगाउन प्रेरित गरिएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाका सभापति गोपिराज मैनाली, युवा रेडक्रस सर्कलका अध्यक्ष पृतम पनेरु, दिपक सुवेदी, बाल सुबोधिनी मा.वि.का प्रधानाध्यापक एवं रेडक्रसकर्मी विश्व थापा, बाल सुबोधिनी बाल क्लब र जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकारले महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मूल नाराका साथ सप्ताहव्यापी नेपाल मास्क अभियान संचालन गरि रहेको छ ।
