June 20, 2026

एक किलो ८६६ ग्राम सुनसहित तीन जना पक्राउ

0

झापा।

एक किलो ८ सय ६६ ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् । अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी साकिर अली समेतका व्यक्तिहरुले विभिन्न देशहरूबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाण्डौ ल्याई कारोवार गर्ने गरेको सुचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो । सोही क्रममा बुधबार तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटुका २७ वर्षीय साकिर अली, भारत राजस्थानकै २८ वर्षीय अब्दुल सतार र राजस्थानकै २४ वर्षीय प्यार मोहम्मद रहेका छन् ।

उपत्यका अपराध अनुसनधान कार्यालययले काठमाण्डौ–.९ सिनामगंलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ मा साकिर अली समेतका व्यक्तिहरु बसेको सुचना पाए लगत्तै उक्त कोठा खानतलासी गर्दा कोठामा रहेको सुटकेशहरु प्mेला परेका थिए । उनीहरुलाई सोही होटलबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

वैदेशिक रोजगारीबाट आउने व्‍यक्तिलाई प्रयोग गरेर विभिन्न घरायसी सामानमा लुकाएर सुन ल्याइएको प्रारम्भिक अनुसनधानमा खुलेको उनले बताए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *