September 15, 2026

सुनाैला हजार दिनको कार्यक्रमबाट ९६ जना आमा सम्मानित

0

युद्धबहादुर बोहोरा,
पाँचथर :

फाल्गुनन्द गाउँपालिकामा सुनाैला हजार दिनका ९६ जना आमाहरुलाई सम्मान गरिएको छ । पालिकाको आयोजनामा बहुक्षेत्रीय पाेषण कार्यक्रम अन्तर्गत १ र ३ नम्बर वडाका महिलाहरुलाई कोरोना कहरको बाबजुद पनि सम्मान गरिएको हो ।

कुपोषणको दर न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उदेश्यका साथ यसअघि देखिनै संचालन भएको उक्त कार्यक्रमलाई निरन्तरता दिंदै यो वर्ष पाेषण नाङ्लाे तथा पानी सुद्दीकरणकाे लागि फिल्टर वितरण गरिएको पालिकाका पाेषण कार्यक्रम संयाेजक गाेपाल घिमिरे जानकारी दिए ।

पोषण कर्नर बनाएर नाङ्लोमा पोषिलो खानेकुरा सहित गर्भवती र सुत्केरी महिलालाई खोजीखोजी सामाग्री वितरण गर्दा उनीहरुमा खुशी छाएको आमाहरु बताउँछन् । उक्त अभियानबाट बालबालिका सुपोषित हुने र अन्य रोगसंग लड्न सक्ने क्षमता समेत विकास हुने हुँदा यसको मापदण्ड भित्र पर्ने सबै महिलाहरुले लाभ लिनबाट वञ्चित नहुन पालिका अध्यक्ष वीर बहादुर कुरुम्बाङले आग्रह गर्दै योसंग सम्बन्धित अन्य थप कार्यक्रमहरु प्रभावकारी बनाउन पालिकाले प्राथमिकतामा राखेको बताए ।

गतवर्ष २,४ र ७ नम्बर वडामा संचालन गरिएको कार्यक्रम यसवर्ष १,३,५ र ६ नम्बर वडामा संचालन गरिने तालिका अनुसार ५ र ६ नम्बरको कार्यक्रम सम्पन्न गर्न बाँकी रहेको संयोजक घिमिरेले बताएका छन् ।

बहुक्षेत्रीय पाेषणका अन्य कार्यक्रमहरु पनि सम्बन्धित वडाहरुमा जिम्मेवार टोलिबाट सबैलाई समेटेर तत्काल सम्पन्न गरिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *