मेरुदण्ड भाँचिएको १२ बर्षपछि दर्जीको निःशूल्क उपचार
दिपेन लावती / शान्तिनगर ।

झापा बुद्धशान्ति गाउँपालिका–४ जुनेली बस्तीका ३१ बर्षका हस्तबहादुर दर्जी २०६४ साल पुष १ गते दमकमा धान बोकेको ट्याक्टरबाट लडे । जव उनी त्यो वेला १९ बर्षका थिए ।
उनी लडे तर ट्याक्टरले कहाँ किच्यो थाहै भएन् । जव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान(घोपा)मा उनको होस आयो, अनि मात्र थाहा भयो पछाडीको भागमा चक्काले किचेर मेरुदण्ड नै भाँचिएको । गरिव परिवारमा जन्मिएका दर्जीलाई ट्याक्टर मालिकले उपचार त गराए तर, पुर्णरुपमा ठिक हुने गरी भने होइन् ।
उनी सामान्य हिडडुल गर्न समेत नसक्ने अवस्थामै अस्पतालबाट डिस्चार्ज भए । पैसाको अभावमा १२ बर्षदेखि उनी घरमै बस्न बाध्य बने । भएको एक कठ्ठा जग्गा समेत बेचेर उपचार गरे । तर, ठिक हुन सकेनन् । उनको परिवारमा बुबा नभएको र आमा भद्रमाया दर्जीले दैनिक ज्यालादारी गरेर कमाएको पैसाले उनीहरुको दैनिकी चल्दै आएको छ । उनी थला परेपछि श्रीमतीले छोडेपछि बेसहारा बनेका दर्जीलाई साथ र माया १२ बर्षिय छोरीले दिदैं आएकी छिन् ।

विहान÷वेलुका दुई छाक टार्न समेत नसक्ने उनको परिवारको बस्ने ठाउँ समेत छैन् । हाल उनीहरु दिदिको घरमा बस्दै आएका छन् । दिदि वैदेशिक रोजगारमा रहेको र विदेशमा कमाएको पैसाले कहिले काँही साह्रो÷गाह्रोमा अस्पताल सम्म जाने वातावरण बनेको तर पूर्णरुपमा ठिक हुने गरी उपचार गराउन नसक्दा घरमै थला परेर बस्नुको विकल्प नरहेको उनले बताए ।
१२ बर्षसम्म उपचार नपाएर घरमै रहेका दर्जीले नयाँ जीवन पाउने आशा गरेका छन् । उनको उपचारमा नेपाली कांग्रेस बुद्धशान्ति गाउँसमिति र क्षेत्र न.२ ले पहल र बुद्धशान्ति गाउँपालिकाले सहयोग गरेपछि उनको उपचार नोवेल अस्पतालमा निशूल्क हुने भएपछि खुसी महसुस गरेका छन् । नोवेल अस्पतालका संचालक तथा डा.सुनिल शर्मा भगवान सावित भएका छन् । उनले दर्जीको उपचार निशूल्क गरिदिने भएपछि ठिक हुने आशा जिवितै राखेको पूर्वाञ्चलकर्मीसंग कुराकानीको क्रममा बताए । उनले उपचारमा सहयोग र सद्भाव राख्नु हुने सवैमा धन्यवाद ज्ञापन गरे ।
उनलाई सामान्य यताउता जान आउन तरुण दल साविक शान्तिनगरका सभापति इन्द्र इम्सुहाङले एक थान ह्विल चियर दिएपछि बाहिर भित्र हिड्न सहज बनेको थियो । उनको चार जनाको परिवार छ । उपचारका लागि नोवेल अस्पताल सम्मको यात्रा तय गर्न गाउँ समिति सभापति चक्र शेर्मा, कांग्रेस क्षेत्र न.२ का सभापति खगेन्द्र मैनालीले पहल गरेका थिए भने गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले सहयोग गरेका छन् । आज (सोमवार) उनलाई अस्पताल लैजानु अघि घरमै पुगेका कांग्रेसका प्रतिनीधिहरुले सामाजप्रतिको उत्तरदायित्व निभाएको बताए । उनलाई सोमवार विहान उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको छ ।

दर्जीलाई अस्पतालमा उपचारको ब्यवस्थापनको जिम्मा तरुण दलका सचिव चन्द्र कटुवालले लिएका छन् । पीडित दर्जीसंगै परिवारका दुई जना कुरुवा समेत गएका छन् । उपचारको अवधिभर परिवारका दुई जना कुरुवालाई खान÷बस्नको ब्यवस्था पनि अस्पताल स्रोतले गर्ने २ न.क्षेत्रिय सभापति मैनाली बताए । उनले आगामी दिनमा गरिव विरामी तथा असहायलाई सहयोग निरन्तर गरिरहने बताए । यसका साथै दर्जीको घरमा रहेका २ जना परिवारका सदस्यलाई खानाको ब्यवस्था गाउँपालिकाले गरिदिने गाउँपालिका अध्यक्ष भुजेल बताए ।
निशूल्क उपचार गरि सहयोग गर्ने नोवेल अस्पतालका डा.शर्माले यस अघि महिला सामुदायिक अस्पताल बुधवारेलाई एम्वुलेन्स समेत वितरण गरेका थिए । उनको उपचारका लागि सहयोग र सद्भाव राख्न बुद्धशान्ति गाउँपालिका–३ न. वडाध्यक्ष कमल उप्रति, गाउँ समिति कोषाध्यक्ष मनिष दाहाल, नेविसंघ सभापति नरेस लावती, तरुण दल साविक शान्तिनगरका सचिव चेतन ढुङ्गेल लगायत कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।
